इटहरी/ एउटा भनाइ छ, सम्पर्क भाषामा बोल्दा मान्छेको मस्तिष्कसम्म पुग्न सकिन्छ तर मातृभाषामा बोल्दा उसको हृदयमै पुगिन्छ । भाषा महत्वपूर्ण भएकै कारण जापान कोरिया वा इजरायल जाँदा अङ्ग्रेजी जान्नेहरूलाई पनि सम्बन्धित देशको भाषा अनिवार्य गरिन्छ ।
भाषा राम्रो भएरै अरब, मलेसिया अनि युरोपियन मुलुकमा काम गर्नेको कमाइ औसत मान्छेको भन्दा बढी हुन्छ । नेपाली युवाले पनि घरमा बोलिने मातृभाषा, देशमा बोलिने नेपाली भाषा र विद्यालयमा पढाइने अङ्ग्रेजी भाषाहरू बाहेकको कुनै एक विश्वभाषा सिक्दा धेरै फाइदाहरू छन् ।
सम्बन्धित भाषामा राम्रो दख्खल हुँदा तपाईँ चर्चित लेखक, कलाकार, पत्रकार, अनुवादक, व्यापारी, पर्यटन गाइड आदि आफ्नो खुबीअनुसारको विश्व व्यक्तित्व बन्न सक्नुहुन्छ । अहिले त युट्युबमा उपलब्ध विभिन्न ट्युटोरियल तथा स्मार्ट फोनहरूमा पाइने भाषाका एपहरूबाट पनि भाषा सिक्न घरमै बसेर सम्भव छ ।
काठमाडौंको विश्वभाषा कलेजमा गएर पनि विभिन्न विश्वभाषाहरू सस्तैमा सिक्न सकिन्छ । सिकेको भाषा प्रयोग गर्न पनि सामाजिक सञ्जालको कारणले सम्बन्धित भाषाका साथी बनाएर कुराकानी गर्न झन् सहज छ । सम्बन्धित भाषाका अनलाइन समाचार पोर्टल, युट्युब टिभी वा पत्रिकाहरू पढेर पनि भाषा माझ्न सकिन्छ । मात्रै तपाईंमा जाँगर र आत्मविश्वास भने हुनुप¥यो ।
यी हुन् संसारका अङ्गे्रजी बाहेकका सर्वाधिक बोलिने अन्तर्राट्रिय भाषाहरूः
१. चिनियाँ ः विश्वमा सबैभन्दा बढीले बोल्ने भाषा चिनियाँ भाषा नै हो । अङ्ग्रेजी धेरै देशको सरकारी कामकाजको भाषा भए पनि चिनियाँ भाषा बोल्नेको तुलनामा अङ्ग्रेजी बोल्नेको सङ्ख्या अत्यन्तै कम छ । १ अर्ब २० करोड मान्छेहरू चिनियाँ भाषा प्रयोग गर्छन् । चिनियाँ भाषा जान्नु भनेको १ अर्ब २० करोड थप विश्व जनतासँग तपाईंको सम्पर्क हुन सक्नु हो ।
२. स्पेनिसः ४१ करोडले बोल्ने स्पेनिस भाषा संसारका थुप्रै देशहरूमा बोलिन्छ । युरोपबाहेक ल्याटिन अमेरिकाका चिली, मेक्सिको, अर्जेन्टिन लगायतका सबैजसो मुलुकमा यो भाषा बोलिन्छ । अमेरिकामा पनि स्पेनिस बोल्नेको सङ्ख्या व्यापक छ । अङ्ग्रेजी भाषा भन्दा स्पेनिस भाषा बोल्नेको सङ्ख्या ८ करोड बढी छ ।
३. हिन्दी ः सबै भारतीय राज्यहरूमा नबोलिए पनि हिन्दी बोल्नेको सङ्ख्या पनि थुप्रै छ । २६ करोडको मातृभाषा रहेको हिन्दी भारत बाहेक भारतीयहरू भएका संसारका थुप्रै मुलुकहरूमा बोलिन्छ ।
४. अरबी ः २३ करोडको सङ्ख्याले बोल्ने अरबिक संसारको सबैभन्दा धेरैले बोल्ने भाषाको पाँचौँ नम्बरमा आउँछ । खाडीका सबै देशहरूमा प्रयोग हुने यो भाषालाई संयुक्त राष्ट्र संघले समेत मान्यता दिएको छ ।
५. पोर्चुगिसः २० करोड भन्दा बढीले बोल्ने पोर्चुगिस भाषा पोर्चुगल र ब्राजिलमा बढी बोलिन्छ । यो संसारको सर्वाधिक बोलिने भाषाहरूको सूचीको छैटौँ स्थानमा आउँछ ।
६. रसियन ः संसारको सबैभन्दा बढी बोलिने भाषाहरूको आठौँ नम्बरमा आउँछ रसियन भाषा । १६ करोड बढीले बोल्ने यो भाषालाई संयुक्त राष्ट्र संघमा समेत मान्यता प्रदान भएको छ ।
७. जापानिज ः १२ करोड भन्दा बढीले बोल्ने जापनिज भाषा संसारको सबैभन्दा धेरै बोलिने भाषाको नवौँ स्थानमा आउँछ ।