इटहरी/ गत आर्थिक वर्षको लाभांशको आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अघि देखिएको छ ।
अधिकांश बीमा कम्पनीले राम्रो नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन् । खुद नाफामा पनि आकर्षक सुधार देखिएको छ । पुराना र नयाँ दुवै किसिमका कम्पनीको नाफामा सुधार देखिएको हो ।
अधिकांश कम्पनीहरूको चुक्ता पुँजी वृद्धि भएको हुँदा प्रतिसेयर आम्दानी भने घटेको छ । यसबाट पूँजी वृद्धि अनुसार कम्पनीले नाफा गर्न नसकेको देखिन्छ ।
धेरै सूचक हेर्दा पुरानाभन्दा नयाँ जीवन बीमा कम्पनी तगडा देखिएका छन् । पुराना जीवन बीमा कम्पनीलाई पछि पार्ने गरी उनीहरूले वित्तीय विवरण सार्वजनिक गरेका छन् । नयाँ जीवन बीमा कम्पनीको सेयर नेप्सेमा सूचीकृत भई कारोबार हुँदा पुराना कम्पनीमा भन्दा नयाँ कम्पनीमा लगानीकर्ताको बढी आकर्षण हुन सक्ने अनुमान गर्न सकिन्छ ।