1. विराटनगर / सुन तस्करीमा संलग्न रहेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीको मोरङ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । आजै अदालतमा आत्मसमर्पण गरेका खत्रीलाइ रेडकर्न नोटिस जारी गरि समात्ने प्रयास गरिएको थियो ।
    खत्री तीन वर्ष सम्म त्रिभुवन विमानस्थलमा हुँदा तस्कारी सुनलाइ सेटिङ मिलाइ नेपाल छिराउने गरेको र त्यसम मुुख्य भुमिका खत्रीकै रहेको चुुडामणी उप्रेती गोरेले बयानमा जानकारी दिए पछि प्रहरी उनलाई पक्राउ गर्न कसरतमा जुुटेको थियो । आफुु जहाँ पुुगे पनि समातिने डर भए पछि उनि आँफै बिहिवार १०ः४५ मा अदालतमा हाँजिर भएका थिए । लगत्तै कर्मचारीको उनको बयान लिन शुरु गरेका थिए ।
    बयानसकिए पछि उनलाई न्यायाधिक नारायणप्रसाद शर्माको इजालसमा थुनछेक सरकारी वकिलले थुुनछेक बहस थालेका थिए । खत्रीका तर्फबाट भने अधिवक्ताहरु हेमराज पन्त र मदनकुमार पन्तले वकालतनामा दर्ता गराएका छन् । अदालतले दिएको जानकारीअनुसार साँझ ६ बजे सम्म खत्रीको बहस सकिएको छैन । उनलाइ आजै पुुर्पक्षका लागि थुनामा पठाउन पनि सकिने अदालत स्रोतले जानकारी दिएको छ ।