धरान । नेपाली काँग्रेस धरान नगरसमितिले आज उपमेयर मञ्जु भण्डारीलाइ ज्ञापन पत्र बुुझाएको छ । कर बृद्धिको बिरोध गर्दै शनिवार देखि आन्दोलनमा हाेमिएको काँग्रेसले १० दिने अल्टिमेटम दिंदै चर्को करबृद्धि तुरुन्त सच्याउन स्थानिय सरकारको ध्यानाकर्षण गराएको छ ।
व्यवसायी तथा सेवाग्राहीको क्षमता भन्दा कयौं गुण बढि कर बढाएको काँग्रेसको आरोप छ । हिजो जनताका घरदैलोमा पुुगेर मत माग्दा जनप्रिय योजना ल्याउने प्रतिबद्धता निर्वाचित जनप्रतिनिधिले कुल्चेको नगर सभापती तिलक राईले बताएका छन् । आज राईसहितको एक टोलीले उपमेयरलाइ भेटेर करबृद्धिबारे पुनर्विचार गर्न १० दिने अल्टिमेटम दिएका छन् ।
आर्थिक ऐन २०७४ नै जनताका लागि भार भएको भन्दै स्थानिय सरकार संचालकहरुले बहुमतको दम्भले आर्थिक ऐन २०७५ मा थप कर बृद्धि गरेको र सो आपत्तिजनक रहेको विज्ञप्तीमा उल्लेख छ ।
हेर्नुस ज्ञापन पत्रको पुर्ण पाठः
......................................................................................................................................................................................
ज्ञापन पत्र
मितिः २०७५ भाद्र ३ गते
श्रीमान् प्रमुखज्यू
धरानउपमहानगरपालिका धरान–१२
विषयः ज्ञापन पत्र सम्वन्धमा ।
नेपालीजनतालोकतन्त्र, विधीको शासन र मानवअधिकारको पक्षधर रही यिनै कुराहरुले प्रत्याभूत गरेको अधिकारको पक्षमा अडिग रहने स्वाभावका छन् । मुलुकमाभएको लामो राजनीतिक संक्रमणका कारण लोकतन्त्रको गहनाभनिने कुनै पनितहको निर्वाचनभएको थिएन ।
मुलुकको मूलकानुन संविधान नेपालीजनताले आफैं बनाउने ईच्छा र राज्यको पुनर्संरचनागर्ने माग स्वरुपको संघीयता भर्खर प्राप्तभएको अवस्थामा स्थानीयतहको निर्वाचन घोषणा भएको समयमाजनताले सुखद् भविष्यको कल्पना गरेका थिए । निर्वाचनपश्चातआफूले राज्यबाट पाउनु पर्ने न्युनतम् अधिकार र सुविधापाउने कुरामाविश्वस्तथिए । वेरोजगारलाई रोजगारको ग्यारेन्टी, व्यवसायिक सुरक्षा र पेशागत सुरक्षाको पक्षमा स्थानीयतहउभ्भिने कुरामा सवै सरोकारवालाआशावादीथिए । लामो समयसम्मकर्मचारीहरुले संचालन गरेको धरानउपमहानगरपालिकामानिर्वाचनपश्चातआउने जनप्रतिनिधिले यहाँको विकास र सेवामाआफ्नो ध्यान केन्द्रित गर्छन् भन्ने सोच राखेर जनताहरु निर्वाचनलाई चाडको रुपमामानेर निर्वाचनमाहोमिएकाथिए । नगरवासीको चाहना, सेवा, सुविधा र अधिकार वृद्धि हुनुपर्छ भन्ने थियो ।
लोकतन्त्रको गहनानिर्वाचनबाट आएकाजनप्रतिनिधिहरु जनचाहनाप्रतिकुलकाम गर्छन् भनेर कसैलेपनि सोचेका थिएनन् । तर बिडम्बना जनताको सोच, आकांक्षा र कल्पनामाथिप्रहार गर्दै जनताको सेवा, सुविधा र अधिकार कुण्ठित गर्ने कार्य मात्र धरानउपमहानगरपालिकाले गर्न थालेको अवस्था छ । यहाँजनताको सेवाभन्दाजनप्रतिनिधिहरु आफ्नो सुविधामाध्यान केन्द्रितगर्न थालेको देखियो । यसको सुरुवातनगरपालिकाको प्रमुख चढ्ने आलिशान सवारीसाधनखरिदबाट गरियो अनित्यसको ठीक विपरित जनतालाई उपहार स्वरुपथामीनसक्नुको करको भार थुपार्ने कामगरियो । यहीअसिमित र अव्यवहारिक रुपमागरिएको कर वृद्धिका सम्वन्धमा धरानवासीसँगै नेपालीकाँग्रेसको ध्यानाकर्षण भएको छ । जनताको पक्षमा अडिग रहँदै आएको नेपालीकाँग्रेस जनताको ढाड सेकिने गरी गरिएको करवृद्धिमा उदासीनभएर बस्ने स्थिति रहेन तसर्थ काँग्रेस स्वभाविक रुपमाआन्दोलितभएको छ । धरानलाई केन्द्रित गरेर व्यवसायगरिरहेका सम्पूर्ण व्यवसायीयहाँपुर्खौदेखि बसोवास गरिरहेका जनता, यहाँकाशिक्षक, कर्मचारी, वकिल, पत्रकार, मजदुर, अव्यवस्थित रुपमावसोवास गरिरहेका भूमिहीनलगायतका सम्पूर्ण पेशाकर्मी र सर्वसाधारण जनताहरुको आशाको केन्द्र नेपालीकाँग्रेस मात्र रहेको वर्तमानअवस्था र वहाँहरु सवैको काँग्रेसले नै करवृद्धि विरुद्धको आन्दोलनको नेतृत्वलियोस् भन्ने आग्रह र चाहनाबमोजिमकाँग्रेसले नेतृत्वलिएको
छ । यस आन्दोलनलाई उपमहानगरपालिकाले हलुका रुपमानलियोस् भन्ने हाम्रो आग्रहहो । सिंहदरवारको अधिकार घर घरमा पु¥याउने संविधानको मर्म र भावनाअनुसार वार्डहरुलाई दिने बजेटमा कन्चुस्याईं गरी नगर नेतृत्वले जनताले तिरेको करबाट आफूखुसीखर्च गरी नगरवासीहरुलाई घात गरेको हाम्रो बुझाई छ । ऐनले नै निःशुल्कगर्नुपर्ने भनेर किटान गरेका जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, सम्वन्ध विच्छेद र बसाईसराईमा समेत कर लिएको अवस्थामाविधिको शासनपक्षधर नेपालीकाँग्रेस चुपलागेर बस्ने अवस्था रहेन यसलाई तत्कालनिःशुल्कगर्ने घोषणा गरियोस् त्यसैगरी धरानउपमहानगरपालिकाको आर्थिक ऐन २०७४ ले व्यवस्था गरेको कर नै जनतालाई भार परिरहेको अवस्थामाजनतालाई सुविधा र सेवा दिन्छु भनेर मतमागेर जनप्रतिनिधिको रुपमानगरपालिकामा स्थापितवर्तमाननगर नेतृत्वले बहुमतको दम्भमाथपभारको रुपमाआर्थिक ऐन २०७५ उपहार स्वरुप धराने जनतालाई थोपारेको छ ।
तसर्थः मिति २०७५ असार ११ गते स्वीकृत गरी २०७५ सालअसार २४ मा प्रमाणिकरण गरिएको धरानउपमहानगरपालिकाको आर्थिक ऐन २०७५ सम्पूर्ण धरानवासीहरुको चाहनाअनुसार तत्कालखारेज गरियोस् यसरी धराने जनताको दैनिकजिविकोपार्जन माथिगरिएको निर्मम प्रहार प्रति धरानउपमहानगरपालिकाले व्यवस्था गरेमा नेपालीकाँग्रेस आन्दोलनका सशक्तकार्यक्रम सहितअझ अघि बढ्दै जाने कुरा अवगत गराउँदै साथै नगर नेतृत्वलाई १० दिनभित्रमा वृद्धि गरिएको करको वारेमा सम्बोधन गरी समस्याको समाधानगर्न मागगर्दछौं । यो चर्को कर वृद्धि विरुद्धको आन्दोलनबाट प्रतिकुल परिस्थितिउत्पन्नभएमात्यसको जिम्मेवार स्वयम् धरानउपमहानगरपालिका नेतृत्वहुनेछ । जय नेपाल ।
बोधार्थः
नेपाल सरकार
प्रदेश सरकार, प्रदेश नं १
जिल्ला समन्वय समिति, सुनसरी
.....................
तिलक राई
सभापति, नेपाली काँग्रेस धरान नगर समिति