विराटनगरः ‘विप्लव’ नेतृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज प्रज्वल श्रेष्ठ बिहान सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँबाट पक्राउ परेका छन् । उनलाइ पक्राउ गरेकाे एकिन भए पनि माेरङ प्रहरीले भने पुष्टि गरेकाे छैन । उनि संचारकर्मीसमेत भएकाे बताइएकाे छ । 

यस अघि काठमाण्डाैमा रहेकाे उनलाइ पाटीले असाेज देखि माेरङ क्षेत्र कमाण्ड गर्ने जिम्मेवारी दिएकाे बताइएकाे छ । 

उनलाइ कहाँ लगिएकाे छ भन्ने बारे केहि खुलाइएकाे छैन । स्राेतका अनुसार इटहरी प्रहरी कार्यालयमा लगेर उनलाइ दिनभर साेधपुछ गरिएकाे थियाे । यस बारे इटहरी प्रहरी प्रमुख डिएसपी समिरचन्द्र खरेलले दिउँसाे विशेषका मान्छेले एक व्यक्तीलाइ ल्याएर साेधपुछ गरेकाे समेत खुलाए । तर, काे र कस्ताे व्यक्ति भन्ने बारे अाफुले जानकारी नलिएकाे बताए । 

इटहरी क्षेत्रमा पनि विप्लवकाे कुनै गतिविधि नभएकाे र कुनै थ्रेटकाे अनुभुती नगरेकाे उनले जानकारी दिएका छन् । यद्दपि प्रहरीकाे विशेष ब्युराे नै विप्लवका कार्यकर्ता पक्राउ गर्न खटेकाे बुझेकाेले अाफु अनविज्ञ भएकाे बताए ।