इलाम: इलामको विभिन्न क्षेत्रबाट विप्लवका कार्यकर्ता भएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राजकुमार खाती, सन्त गजमेर र मोहन बराल रहेका छन ।

उनीहरुलाई रोङ गाँउपालिकाको शान्तिपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । पक्राउ गरिएका मध्ये बरालको स्वास्थ्य अवस्था राम्रो नभएको र विप्लवको आन्दोलनमा सहभागी नहुने सहमतीपछि छाडिएको श्रेष्ठले बताए ।

उनीहरु कुनै घटनामा संलग्न नभएपनि विप्लवले नेतृत्व गरेको नेकपाको जिल्ला कमिटी सदस्य रहेको प्रहरीले जनाएको छ । मंगलबार राती पक्राउ परेका उनीहरुलाई आज दिउँशो अदालतमा मुद्धा दायार गरिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।