विराटनगर
सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्री जेल चलान भएका छन् । बिहिवार अदालतमा हाजिर भएका खत्रीको अदालत कर्मचारीले १२ पेज लामो बयान लिएका थिए ।
आजै थुनछेक बहस भएको थियो । अदालतका ६ नम्बर इजालसका न्यायाधिश नारायणप्रसाद शर्माको इजालसले उनलाइ पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पछि उनलाइ प्रहरीले नियन्त्रणमा लिएर मोरङ कारागार पठाएका हो ।सुन प्रकरणमा मुछिएका खत्रीले अदालतमा बिहीबार बिहान आत्मसमर्पण गरेका थिए । उनी फरार भएपछि प्रहरी प्रधान कार्यालयले खोजीका लागि सर्कुलर जारी गरेको थियो । प्रहरीस्रोतले दिएको जानकारीअनुसार खत्री भारतको कुुनै एक स्थानमा लुुकेर बसेका थिए ।
यता पक्राउ परेका चुुडामणी उप्रेती गोरेले खत्रीलाइ समातेपछि सबै कुरा थाहा हुुन्छ भन्ने बयान अदालतमा दिएका थिए । नभन्दै खत्री आँफै अदालत समक्ष हाजिर भएका हुन । उनि पक्राउ परे पछि सुन तस्कारीको माथिल्लो तह सम्मको सम्बन्ध पत्ता लाग्ने प्रहरीको विश्वास रहेको छ ।
सुन तस्करी प्रकरणको सोहि मुुद्धामा एकै साथ मुुद्धा चलाइका पुर्व डिआइजी गोविन्दप्रसाद निरौलासहित २८ जनालाइ थुनामा पठाइ सकिएको छ । उनिहरुलाइ सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा राखिएको छ । खत्रीका सवारी चालक जवान विष्णुुबहादुर खड्कालाइ १५ हजार धलौटी र अंगरक्षक अम्मरबहादुर थापालाइ साधारण तारेखमा छाडिएको थियो ।
मोरङस्थित जिल्ला न्यायाधिवक्ताको कार्यालय बैशाख १९ मा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बराबरको बिगोको माग दाबी गरि उनिसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुुद्धा दाहेर गरेको थियो । उनिहरुलाइ ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपराह्न तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरिएको थियो ।