इटहरी : इटहरी देखि विराटनगर सम्मको पैदल मार्चपासमा निस्किएको संघीय लिम्बुवान मञ्चले प्रदेश एकका मुुख्यमन्त्रीको राजिनामा माग गरेको छ । पछिल्लो विश्व आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले दिएको बिदा १४ जिल्लाका सिडिअाेले नमान्नु मुख्यमन्त्रीको कमजोरी रहेको मञ्चको ठहर छ ।

limbwan pic2 1
प्रदेश सरकारको निर्णय नमान्ने सिडिओलाइ खारेज गर्न नसक्ने मुख्यमन्त्री काम नलाग्ने समेत मञ्च अध्यक्ष कुमार लिङदेनले आरोप लगाएका छन् । मार्चापास अघि उनले इटहरीको मुुख्य चौकमा कार्यकर्तालाइ सम्बोधन गर्दै भने ‘हाम्रा मुुख्यमन्त्रीको खुटि देखियो, सिडिअाेलेसमेत टेरेनन ।’
मञ्चसम्बद्ध नेता केदार उप्रेतीकाअनुसार आज पाटिले इटहरी देखि विराटनगर सम्म पैदाल यात्रा गर्दै मुख्य मन्त्रीलगायतलाइ भेट्दैछ । उनिहरुले प्रदेश एकको नाम चाँडो राख्न दबाब दिने छन् भने कोशी या सगरमाथालाइ नमान्ने बताएका छन् ।
‘यदि कोशी या सगरमाथा राखिन्छ भने त्यो हामीलाइ मान्य हुनेछैन’ कुमार लिङदेनले सम्बोधनका क्रममा भने ‘बरु प्रदेश १ नै उपयुुक्त छ ।’ उनले प्रदेश २ को नाम राखिसके पछि मात्र १ को नाम राख्नुुपर्ने तर्क गरे ।

लामो समय देखि चलिरहेको पहिचानको आन्दोलनलाइ सम्बोधन गर्नुपर्ने भन्दै एैतिहासिकताको आधारमा लिम्बुवान भुमिलाइ अन्य भुगोलको नाम सुहाउँदो नहुने जिकिर गरे ।

limbuwa pic 3

limbuwan pic 4