विराटनगरः ईस्लाम धर्मवालम्बीहरुको पर्व बकर ईदको अवसरमा प्रदेश एक सरकारले एक नम्बर प्रदेशमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।
बकर ईदको अवसरमा प्रदेश सरकारले भोली ६ गते बिदाको घोषणा गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय विराटनगरमा आज बसेको मन्त्री परिषद् बैठकले प्रदेश भरी सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । प्रदेश सरकारले यस अघि पनि अन्तराष्ट्रिय आदिवासी जनजाती दिवसको अवसरमा प्रदेशभरी सार्वजनिक बिदाको घोषणा गरेको थियो । तर संघिय सरकारले बिदा नदिएको र आफुहरु संघिय सरकारको मातहतमा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय र मातहतका कार्यालयहरुले बिदाको पालना गरेका थिएनन् ।