इटहरी / कुटपिट गरेको र जग्गा हडपेको आरोपमा जेठ ११ गते पक्राउ परेका इटहरीका सिजन गुरुङ पुराना केही मुद्दाका फरार अभियुक्त भएको फेला परेको छ । इटहरी प्रहरीले बनाएको सिजन गुरुङको क्राइम हिस्ट्रीमा पुराना फौजदारी अभियोगहरू भेटिएकाे प्रहरीले बताएकाे छ ।

उजुरी आए पुराना मुद्दा पनि अघि बढ्ने
सार्वजनिक अपराध मुद्दामा ७ दिन म्याद थपेर हिरासतमा रहेका सिजन गुरुङका पुराना मुद्दा पनि ब्यँुतन सक्ने इटहरी प्रहरीको भनाइ छ । हालसालै इटहरी प्रहरीको कमान्ड सम्हाल्न आएका डिएसपी शिवकुमार श्रेष्ठ हाल थुनामा रहेका गुरुङलाई सार्वजनिक अपराधको मुद्दामा मात्रै आफूले अनुसन्धान गरेको बताउँछन् । गुरुङको उपस्थितिमा उनको समूहले आक्रमण गरेको भिडियो र मेडिकल रिपोर्ट समेत रहेको भन्दै डिएसपी श्रेष्ठ अहिले अन्य मुद्दा आफूले नहेरेको बताउँछन् । आफूले अन्य पुराना मुद्दाहरूको सर्सर्ती अध्ययन गरे पनि अभियोपत्र नै भने तयार नगरेको श्रेष्ठको भनाइ छ ।
‘विभिन्न लिखित र मौखिक प्रमाणका आधारमा सिजन गुरुङका पुराना केसहरू नै नसल्टिएको कुराहरू देखिएका छन्’, हालै धरान र इटहरीका पत्रकारहरूसँग कुरा गर्दै श्रेष्ठले भने, ‘तर लिखित उजुरीहरू आएको खण्डमा भने हामी ती केसहरू पनि हेर्छाै।