इटहरीः साताको तेस्रो दिनको सेयर कारोबारले पनि नकारात्मक गति तय गरेको छ । मंगलबारको सेयर कारोबारको आधा समय (दिउँसो १ बजे) को बजारको अवस्था हेर्दा बजार ३.७२ अङ्क अर्थात् ०.३१ प्रतिशतले तल झरेर ११८४.३५ अंकमा कारोबार भएको छ ।
बजार खुलेदखि नै ओरालो लागेको सेयर बजार साढे १२ बजे ११८२ अंकसम्म झरेको थियो । त्यसपछि त्यसमा केही सुधार आएको हो । १ बजेसम्ममा ५ करोड ७२ लाख रुपैयाँभन्दा बढीको १ लाख ८४ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको छ ।
कारोबार रकममा ग्लोबल आइएमइ बैंक अगाडि देखिएको छ । सो बैंकको ८७ लाख ९० हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार हुँदा कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमश ः सिटिजन बैंक र सिद्धार्थ बैंक रहेका छन् ।
उत्कृष्ट १० कारोबार गर्ने कम्पनीमा एउटा फाइनान्स, एउटा माइक्रोफाइनान्स र एउटा जलविद्युत समूहको कम्पनीबाहेक बाँकी सबै बैंकिङ समूहका कम्पनी रहेका छन् ।
११ वटै समूहको कारोबार हुँदा व्यापार, अन्य र जीवन बीमा समूहमा मात्रै हरियाली छाएको छ ।