झापाः लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाले १ ग्राम ब्राउनसुगरसहित झापा बिर्तामोड —५ का १९ वर्षीय विकास राजवंशीलाई आइतबार पक्राउ गरेको छ ।
भारतको पानीट्याँँकीबाट नेपालतर्फ आउदैं गर्दा शङ्का लागि चेक गर्ने क्रममा काँकडभिट्टाको भन्सार गेट नजिकैबाट राजवंशीले लगाएका प्वाइन्टको चेन घरमा प्वाल पारेर लुकाई छिपाई ल्याउन गर्दा गोप्य सूचनाका आधारमा ब्राउन सुगर फेला परेको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार ३ सय मिलिग्राम ब्राउनसुगर कसैले बोकेमा लागू औषध सम्बन्धी मुद्दा दर्ता गर्न सकिने कानुनी व्यवस्था छ ।
राजवंशीलाई लागू औषध ओसारपसारमा मुद्दा दर्ता गरिने र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।
लागू औषध ऐन २०३३ मा लागू औषध उत्पादन, भण्डार, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई दुई वर्षदेखि १५ वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिवाना तथा प्रयोगकर्तालाई एकमहिनाको कैद तथा दुई हजार रुपैयाँ जरिवाना हुने वा सुधार केन्द्र पठाउन सकिने कानुनी व्यवस्था छ ।