ताप्लेजुङः ताप्लेजुङकाे सिरिजंघा गाउँपालिका-५ पेदाङमा पहिरो खस्ता जेसीबी चालक मेसिनसहित पुरिएका थिए । प्रहरीले उद्दारकाे प्रयास गरे पनि चालककाे ज्यान बच्न भने नसकेकाे डीएसपी संजय सिंह थापाले जानकारी दिएका छन् । घटना भएकाे स्थान सदरमुकाम भन्दा एक दिन टाढाकाे दुरीमा पर्छ ।
ज्यान जानेमा २० वर्षीय वीरबहादुर तामाङ रहेका छन् । सिन्धुली घर भएका तामाङ ताप्लेजुङमा कामका लागि आएको केही दिन मात्र भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
सडक विस्तारकाे क्रममा पहिराेले पुरिएर चालककाे ज्यान गएकाे गाउँपालिका अध्यक्ष टीका गुरूङले जानकारी दिए । उनका अनुसार जेसीबीले जाेरपुलदेखि राष्ट्रिय मावि पेदाङ जाने बाटाे बनाइ रहेकाे थियाे । साोही अवस्थामा माथिल्लाे भागबाट एक्कासी पहिराे जाँदा चालककाे ज्यान गएकाे हाे ।