विराटनगरः प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार विराटनगरमा बायोग्यास पाइपलाइनको उद्घाटन गरेका छन् ।
विराटनगर–१४ स्थित श्रीकृष्ण गौ सदनका गाईको गोबर सङ्कलन गरी बायोग्यास उत्पादन गरिएको छ । पाइपलाइनको उद्घाटन गर्दै सिलिण्डर विस्थापन गर्नु ठूलो काम नभएको ओलीले उल्लेख गरे ।
गौ सदनमा उत्पादित ग्यास ३२ घरमा पाइपमार्फत् पु¥याइएको छ । अब ३२ घरले काँधमा सिलिण्डर बोकेर हिँड्नुको साटो ग्यास नै पाइपबाट आउने उनले बताए । ‘विराटनगरबाट शुरुवात भयो,’ ओलीले भने, ‘यस्ता परियोजना कास्की, स्याङ्जा लगायतका जिल्लामा पनि बनिरहेका छन् ।’ अब बिस्तारै सबैतिर पाइपलाइन बिस्तार हुने उनले बताए । सो बायोग्यास परियोजना तात्कालीन जिविसअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानीमा शुरु भएको थियो ।