बेलबारीः प्रधामन्त्री केपि शर्मा ओलीले अहिलेको सरकार टालटुले सरकार नभएको बताएका छन । मोरङको पथरी बजारमा नेपकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उनले समृद्धिको सरकार भएको दावि गरेका हुन् ।

काँग्रेसप्रति व्यांग्य गर्दै प्रधानमन्त्रि ओलीले भने ‘काठमाण्डौको सडक मर्मत प्रधानमन्त्रिले गरेन भनेर एक दुइ दिन उफ्रे पछि मर्मत गरियो ।’ उनले थपे ‘मर्मत गरे पछि सरकारले टालटुल गरेर जनताको आँखामा छायो हाल्यो भने ।’ आफ्ना पालामा भएका कामको समिक्षा गर्नुपर्ने बेलामा अर्काको बिरोध मात्रै गरेको भन्दै ओलीले अब बिरोध गर्नेहरु जहिल्यै बिरोध मात्रै गरेर बस्ने बताएका छन ।

देशका सम्बृद्धिको सरकार बनको बताउँदै ओलीले देउवा प्रति कटाक्ष गर्दै भने प्रतिपक्षमा बस्नेले अब जहिल्यै प्रतिपक्षमा नै बस्नु पर्ने बताएका छन । 'हामीले धेरै काम गर्न बाँकि रहेको छ' ओलिले भने 'देखिने काम थाेरै गर्दा त देशमा कसै कसैको रुवाबासि चलेको छ ।'

प्रधानमन्त्रि ओलीले भ्रष्टाचार गर्ने जो केहिलाई पनि अनुहार हेरेर नछोडने बताएका छन । आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिइने बताएका हुन । कसैले भ्रष्टाचार गरेको प्रमाण भेटिए ठाँउको ठाँउ कारवाहि गर्ने समेत दाबि गरे । उनले स्थानिय निकायले देशभरि लागू गरेको कर बृद्धि सामान्य भएको बताएका छन । चौक चौकमा बसेर कर बढ्यो भनेर हल्लाह गर्ने तर सम्बन्धित ठाउँमा गएर नबुझ्ने गरेको उनले भने । प्रधानमन्त्री ओलीले जनताको पैसा जनतासंगै लिर जनतालाईनै दिने योजना सरकारको भएको उल्लेख गरे ।