विराटनगरः श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेललाइ अख्तियारले अनुसन्धान थालेकाे छ । उनलाइ अख्तियारले पत्र काट्दै निर्वाचन कार्यालयमा हुँदा हाजिर नभएकाे अवस्थामा भत्ता लिएकाे अाराेप छ । 

भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको भन्दै चर्चामा आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।

अहिले विराटनगर श्रम कार्यालयमा कार्यरत रहेका सञ्जेल यस अघि क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा कार्यरत थिए । त्यहाँ प्रमुख हुँदा उनले हाजिर नभएको अवस्थामा खाना, खाजा र प्रोत्साहन भत्ता लिएको अख्तियारमा उजुरी परेकाे हाे ।

उनलाइ काटिएकाे पत्रअनुसार बुझ्नुपर्ने भएको भन्दै ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मुल्याङ्कन महाशाखामा उपस्थित हुन भनिएको छ ।

उनि भ्रष्टाचार विराेधि अभियन्ताकाे रूपमा परिचित छन् । पटक–पटक अाफ्नै हाकिमहरूकाे रवेयाविरूद्द कडा रूपमा प्रस्तुत हुने सञ्जेल निजामती सेवामा स्वच्छ छवि भएका कर्मचारीकाे रूपमा परिचित छन् । 

यस बारे बुझ्दा उनले  नियमअनुसार तलब भत्ता खाएकाे भन्दै अख्तियारले पूर्वाग्रहीढंगले पत्र काटेकाे प्रतिक्रिया दिएका छन् । 

उनलाइ श्रम कार्यालयविराटनगरकाे प्रमुखबाट छाेटाे अवधिमै सरूवा गराइए पछि प्रधानम्नत्री, विभागीय मन्त्री र सचिव विरूद्द बाेलेकाे भिडियाे भाइलरसमेत भएकाे थियाे । सर्वाेच्चमा गुहार माग्न पुगेका सञ्जेललाइ अदालतले उनकाे पक्षमा फैसला गरेकाे थियाे । अाफुलाइ अदालतले न्याय गरेकाे भन्दै पुनर्वहाली भएर श्रम कार्यालय अाएका सञ्जेलले भ्रष्टचार विराेधी अभियान चलाउँदै अाएका छन् । 

11111