इटहरीः प्रधानमन्त्री केपी शर्मा ओली, कानूनमन्त्री भानुभक्त ढकाल, उर्जामन्त्री वर्षमान पुनसहितका मन्त्रीहरु पूर्वको कार्यक्रम ब्यस्त रहेका छन ।
कानून मन्त्री बनेपछि पहिलो पटक मोरङको आफ्नो निर्वाचन क्षेत्र नम्वर ३ आएका कानूनमन्त्री ढकालले पथरीशनिश्चरेमा वुधवार नेकपाले आयोजना गरेको कार्यक्रममा सहभागीता जनाएका छन् ।
प्रधानमन्त्री ओली झापाको कमल गाउँपालिकाको लखनपुरस्थित आयुर्वेदिक औषधालय भवनको शिलान्यास र दिउँसो गौरादहमा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर वुधवार नै राजधानी फर्कने छन ।
कानूनमन्त्री ढकाल भनें पथरीको कार्यक्रम सकेर कानेपोखरी, बेलबारी उनलाई गरिने स्वागत कार्यक्रममा सहभागी हुने बुझिएको छ ।
त्यस्तै, उर्जामन्त्री वर्षमान पुन वुद्यवार बेलबारी ५ को लोहान्द्रा भत्किएको पुलको अनुगमन गरेका छन भने दिउँसो मोरङको मिक्लाजुङस्थित मधुमल्लामा सौर्यउर्जा उद्घाटन् कार्यक्रममा सरिक हुने बताईएको छ ।