इटहरीः ताप्लेजुङका तीन स्थानीय निकायहरूबाट नेपाल प्रहरीले मंगरबार १० नाल भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको फत्ताङलुङ गाउँपालिका, आठराइ त्रिवेणी गाउँपालिका र श्रीजंगा गाँउपालीकाबाट प्रहरीले उक्त परिमाणका भरुवा बन्दुक बरामद गरेको प्रहरीले बताएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता शिद्धराज न्यौपानेका अनुसार मङ्गलवार बिहान १० बजे फत्ताङलुङ गाउँपालिका १ को सावादिनको जङ्गलबाट ३ नाल, बिहान १०ः४५ मा आठराइ त्रिवेणी गाउँपालिका १ को जंगलबाटे १ नाल र सोही दिन दिउँसो १२ बजे सोही गाउपालीकाको वडा नम्बर २ स्थित फुलबारी ओडारबाट २ नाल भरुवा बन्दुक बरामद भएको थियो ।

यस्तैगरि, श्रीजंगा गाउँपालिका ३ कुन्जरीमा लुकाइ राखेको अवस्थामा ३ नाल बन्दुक अपरान्ह साढे ४ बजे भेट्टाएको थियो । सोही गाँउपालीकाको सिकैचा भन्ने स्थानमा बस्ने ४० बर्से तुलाराम काङबाङले भने १ नाल लाइसेन्स सहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएका थिए ।