पथरीः सुरक्षाका हिसाबले नगरपालिकाको मुख्य बजार वरपरतीन÷तीनवटा सुरक्षा निकाय भए पनियहाँ बारम्बार आपराधिक घटना भइरहेका छन् । बजारको मुटुनै मानिँदै आएको स्थानमा शनिबार बिहान अन्दाजी २९ वर्षीया रुपा बस्नेतको शव नग्न अवस्थामा भेटिएको छ ।

ती महिला स्थानीय वीरबहादुर बस्नेतको घरमा डेरा लिएर बसेकी थिइन् । उनका श्रीमान् सन्तोष बस्नेत युएईमा वैदेशिक रोजगारमा छन् ।डेरामा रुपा र उनका १३ वर्षीय छोरा साइमन बस्थे । आमा र छोरा शुक्रबार राति पथरीशनिश्चरे–१ को प्रस्तावित रङ्गशालामा कन्सर्ट हेरेर रातको ११ बजे डेरा आएका थिए ।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको टाउकोमा चोट लागेको र शरीरका अन्य भागमा समेत सामान्य चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।महिलाको कोठामा उनले लगाएका कपडा फुकालेर ओछ्यानमा राखेको अवस्थामा भेटिएका छन् ।उनको कोठामा मादकपदार्थका बोतलसमेत भेटिएको प्रहरीले जनाएको छ ।

दुईवटा कोठा भाडामा लिएर बस्ने ती महिलाले कस्मेटिक पसलसमेत सञ्चालन गरेकी थिइन् । उनी एसआरएस कस्मेटिक एन्ड गिप्mट हाउसकी प्रोप्राइटरसमेत रहेको पथरी उद्योग वाणिज्य सङ्घले जनाएको छ । व्यापारीको रहस्यमय मृत्यु भएपछि पथरी उद्योग वाणीज्य सङ्घले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छनविन गर्न स्थानीय प्रहरी प्रशासनसँग माग गरेको छ । उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेतले छानविन गरी तत्काल दोषीलाई पक्राउ गर्न माग गरे ।

यसअघि गत फागुन १६ गते पनि पथरी बजारमै रहेको सिक्का वार एन्ड लञ्चमा साथीहरूसँग रमाइलो गरी फर्किएका वडा नम्बर ७ का षडराज तामाङको शव पनि सोही अवस्थामा फेला परेको थियो ।उनको पनि शव घोप्टो परेको अवस्थामा राति ११ बजे प्रहरीले गोर्खा गल्लीमा फेला पारेको थियो । सो घटनाका अपराधी प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । सो घटना भएको दुई महिना बित्न नपाउँदै अर्को त्यस्तै प्रकृतिको घटना भएको छ,जसले बजारवासी त्रसित बनेका छन् ।

बजारबाट लगभग एक किलोमिटरको दुरीमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीको क्याम्प र नेपाल प्रहरीकै बेस क्याम्प छ ।तर पनि पथरीमा शृङ्खलाबद्ध रूपमा रहस्यमय घटनाहरू भइरहँदासम्म प्रहरीलेसत्य तथ्य सार्वजनिक गर्न सकेको छैन ।प्रहरी प्रशासनकै कमजोरीका कारण बजार क्षेत्र सुरक्षित हुन नसकेको वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम एङ्देनको आरोप छ ।समाजमा शान्ति सुरक्षा कायम गराउन खटिएका सुरक्षाकर्मीहरू भने समाजमा शान्ति सुरक्षा कायम गराउन चुकेका छन् ।

स्थानीय प्रहरी प्रशासनको लापरवाही र नगरमा जडित सीसी क्यामेराले काम गर्न छाड्नु तथा सोको मर्मत नहुनु नगरको सुरक्षा चुनौती बढ्नुको मुख्य कारण रहेको स्थानीय व्यापारी उद्धवराज बस्नेत बताउँछन् ।आगामी दिनमा यस्ता घटना हुन नदिन स्थानीय सरकार, प्रशासन र व्यापारीसँग मिलेर स्थानीय सरकारले अधिकारको प्रयोग गर्दै जनधनको सुरक्षा गर्नुपर्ने उनले बताए ।नगरमा यस्ता घटनाले सर्वसाधारण त्रसित बनेको स्थानीय दीपेन्द्र तिम्सिना बताउँछन् । चन्दा आतङ्कजस्ता कुराहरूलाई स्थानीय सरकार र प्रशासनले निरुत्साहित गर्न नसके सर्वसाधारण सुरक्षित नहुने उनलेबताए ।

अचम्म त के छ भने पथरीमा सर्वसाधारणले खाना खाने होटलहरू राति ९ बजे बन्द हुन्छन् भने मादक पदार्थ बिक्री गर्ने होटलहरू १० बजेसम्म पनि सञ्चालन भइरहेका छन् । मदिराको अनियन्त्रित बिक्रीले पनि आपराधिक घटनालाई थप मद्दत पु¥याएको स्थानीयको गुनासो छ ।