इटहरी/ मनिष तामाङ नामका एक भारतीय पर्यटकले होटलमा कोठा बुक गर्दै टिभी चोर्न थालेपछि पूर्वका व्यवसायीहरू हैरान भएका छन् । एक बालकसँग होटलमा आएर कोठा बुक गर्ने अनि भोलिपल्ट टिभी बोकेर हिँड्ने गर्छन् तामाङ ।

उनले टिभी चोरेर भागेको तथ्य सबैभन्दा पहिले इटहरीको होटल तिरुपतिले पत्ता लगाएको थियो । होटलमा बसेको भोलिपल्ट होटलमा थाहा नदिई चाबी लिएर बेपत्ता भएपछि कोठा खोल्दा टिभी हराएको पाइएको थियो । होटलले सिसी क्यामेरा फुटेज हे¥यो । जसमा ती नेपालीभाषी भारतीय पर्यटकले ठूलो झोलामा गह्रुँगो भारी बोकेर हिँडेको तस्बिर भेटियो ।

होटलमा बसेर पैसा नतिरी चाबी लिएर हिँड्नु, कोठाको टिभी हराउनु र सिसी क्यामेरामा एक ठूलो झोलामा गहँ्रुगो भारी बोकेर गएको देखिनुले उनैले चोरेको पत्ता लाग्यो । होटल व्यवसायी संघका अध्यक्ष समेत रहेका जीवन पराजुलीको होटलमा २४ इन्चको टिभी चोरी भएको तस्बिर फेसबुकमा हालिएको थियो । त्यसपछि अन्त पनि त्यस्तै तरिकाले चोरी भएको पाइएको थियो ।

chor guest (3)

तिरुपतिमा चोरी गर्नुभन्दा अगाडि तिनै पर्यटकले इटहरीको बसपार्कमा रहेको राजन बस्नेतले सञ्चालन गरेको इटहरी होटल एण्ड लजमा पनि चोरी गरेको गरेको पाइएकोे थियो ।

त्यति मात्रै होइन उनले होटल फाइन भेडेटारबाट पनि २ थान टिभी चोरेको पाइएको छ । होटल सञ्चालक महेन्द्र गिरीले फेसबुकमा पोस्ट गर्दै छोरासँग आएका पर्यटकले चोरी गरेको बताएका छन् । धनकुटा जान्छु भनेर पर्यटक गएको र नआएपछि प्रहरीसँगको सहयोगमा कोठा खोल्दा २ वटा टिभी नभेटिएको बताएका छन् ।

भेडेटारको फाइन होटलमा जस्तै तिनै व्यक्तिले इटहरीको होटल सुमेरुमा पनि ४० हजार मूल्यको एउटा टिभी चोरेर हराएका छन् । बालक छोरासँग आउने, २ हजार हाराहारीको कोठा बुक गर्ने र जाँदा टिभी चोरेर लाने ती पर्यटकको आदत देखिएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए ।

आफूहरूले प्रहरीलाई मौखिक उजुरी दिए पनि अझै पत्ता लाग्न नसकेको पनि पराजुलीले बताए । ‘सस्तो कोठामा बसेर महङ्गो टिभि लाने पेशेवरजस्तो लाग्यो’, पराजुलीले भने, ‘सबैतिर एकै हुलियामा आउने र एकै तरिकाले टिभी चोर्ने गरेको देखिएको छ ।’

chor guest (1) chor guest (1) chor guest (2) chor guest (2) chor guest (3)