पथरीः रीना मृत्यु प्रकरणमा सत्य तथ्य पत्ता लगाउन ढिलो गरेको भन्दै दबाबको लागि नगरपालिका घेराउ गर्न गएका आन्दोलनकारीलाई प्रहरीले नगरपालिकाभित्र जान नदिएपछि आन्दोलनकारीले नगरपालिकाको गेट तोडेका छन् । अहिले नगरपालिकाको परिसरमा आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् ।
नगरपालिकाको सुरक्षाको लागि सुरक्षाकर्मीसहित आएका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख रामप्रसाद तिम्सिनाले नगरपालिकाभित्र सङ्घर्ष समितिसँग सम्बन्धित व्यक्ति प्रवेश गर्नु अराजकता हो भनेपछि प्रदर्शनकारी थप आक्रोशित भई नगरपालिकाको गेट तोडफोड गरेको एक प्रदर्शनकारीले बताए ।