पथरीः पथरीमा झडप हुँदा घाइते भएका दुइ जनालाइ विराटनगरमा थप उपचार गर्न लगिएकाे छ । विराटनगर लगिएका घाइतेहरू गाेपाल विक र सुदीप राइ रहेका छन् । उनिहरूकाे टाउकाेमा चाेट पुगेका कारण पथरीमा उपचार हुन नसके पछि विराटनगर लगिएकाे छ ।
नगर प्रमुख दीलिपकुमार राइका अनुसार अाजकाे झडपमा पाँच जना घाइते भएका छन् । पथरी अस्पतालमा उपचार हुनेमा मन्जु पाैडेल, जीत बहादुर लावती र ज्ञानेन्द्र विष्ट रहेका छन् । उनिहरूकाे अवस्था सामान्य बन्दै छ ।