पथरीः दिनभर युद्द मैदान जस्ताे बनेकाे पथरी बजार अहिले भने सामान्य बन्दै गएकाे छ । शनिवार मृत्यु भएकी रीना बस्नेतकाे घटनाकाे सत्य तथ्य बाहिर ल्याउनुपर्ने भन्दै अान्दाेलन चर्काएका स्थानीय र प्रहरी बिच पटक पटक झडप भएकाे थियाे ।
झडपका क्रममा पाँच जना घाइते पनि भएका थिए । प्रहरी कार्यालयमा नगर प्रमुख र उपप्रमुख बसेर वातावरण शान्त बनाउने प्रयास भएकाे थियाे । साेहि निर्णय सुनाउन नगर प्रमुख र उपप्रमुख सडकमा अाउँदा प्रहरीले लाठि बर्साइ सकेकाे थियाे ।
अश्रुग्याँस प्रहार गर्दै अान्दाेलनकारी खेदाउन प्रहरीले चालेकाे कदम अन्नतः असफल बन्याे । नगर प्रमुख दीलिपकुमार राइले अान्दाेलनकारीलाइ सम्बाेधन गर्दै संघर्षरत पक्ष , नगर क्षेत्र र प्रहरी प्रशासनबिच वार्ता गर्ने टाेली गठन गर्ने भन्ने बारे सहमती गरेकाे जानकारी दिए । मेयररले गरेकाे सम्बाेधन पछि स्थानीयले बिहान ९ बजे देखि बन्द रहेकेा राजमार्ग खुलाएका थिए ।
अहिले पथरीकाे अवस्था सामान्य छ । सवारी चल्न थालेका छन् भने बजार पसल पनि खुल्न थालेका छन् ।