इनरुवा: सुनसरीको हरिनगर २ मा रहेको नहरको डिलबाट लागूऔषधसहित १ जना भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार रातीे ९ बजे भारतको बस्मतियाबाट लुकाएर ल्याउँदै गरेको लागूऔषध नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँचको क्रममा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल बेसका इन्चार्ज धीरज गुरुङका अनुसार मोटरसाइकल चालक फरार भए पनि मोटरसाइकलको पछाडि सवार व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । उनको साथबाट ८१ थान कोरेक्स नियन्त्रणमा लिएको संयुक्त टोलीका नेपाल प्रहरी चौकी इन्चार्ज भेषराज दाहालले बताए ।