सङ्खुवासभाः गत शनिबार खाँदबारी नगरपालिका–६ तल्लो पांठामा विवाह मण्डपबाटै बेहुलाबेहुलीसहित ४ जनालाई प्रहरीले पक्राउ ग¥यो ।

जिल्ला बाल क्लब समन्वय समितिले बाल विवाह हुँदैछ भन्ने जानकारीे प्रहरीलाई दिएपछि प्रहरीको टोलीले बेहुलाबेहुली र उनीहरूका बाबुहरूलाई पक्राउ गरेको थियो ।

बेहुला ३६ वर्षीय जीतबहादुर तामाङ र उनका बाबु कैलाशपति तामाङ तथा बेहुली र उनका बाबु तीर्थ तामाङलाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पश्चात् बेहुलीका परिवारले आफ्नी छोरी २० वर्ष पुगिसकेको बताइरहेका बेला प्रहरीले भने बिना प्रमाण उनीहरूलाई पक्राउ गरी थुनामा राख्यो ।

पक्राउ गरिएको ३ दिनपछि प्रमाण नपुगेको भन्दै चारै जनालाई प्रहरीले थुनामुक्त गरेको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जिल्ला बाल क्लब समन्वय समितिले गरेको उजुरीको आधारमा पक्राउ गरेको बताए ।

‘जिल्ला बाल क्लब समन्वय समिति पनि एक आधिकारिक संस्था भएकाले सोही संस्थाको उजुरीको आधारमा हामीले पक्राउ ग¥यौँ । हाल बेहुलीको उमेर खुल्ने कागजात कहीँ नभेटिएपछि छोड्न बाध्य भयौँ ।’

पक्राउ गर्नकोे लागि उजुरी दिने संस्थासँग पनि बेहुलीको उमेर खुल्ने कागजात र कुनै प्रमाण नभएको पाइएको छ । बाल क्लब समन्वय समितिका पूर्व अध्यक्ष खेवाहाङ मेवाहाङले प्रमाण जुटाएर उजुरी दिन आफूहरू अदालत नभएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले उजुरी दियौँ । प्रमाण जुटाउने काम प्रहरीको हो । हामीसँग बेहुलीको प्रमाण उमेर खुल्ने कुनै कागजात र प्रमाण त छैन ।’

यसरी बिना प्रमाण उजुरी दिँदा र प्रहरीले विवाह मण्डपबाटै पक्राउ गर्दा पीडित पक्ष आक्रोशित बनेका छन् । बिना प्रमाण यसरी मान्छे पक्राउ गरेपछि क्षतिपूर्ति कसले दिने भन्दै पीडित पक्षले गुनासो गरेका छन् ।

मान्छे पक्राउ गर्नुपूर्व प्रमाण चाहिने हो कि पक्राउ गरेपछि प्रमाण चाहिने हो भन्दै स्थानीय पनि आक्रोशित बनेका हुन् । विवाह र उमेर जस्तो संंवेदनशील विषय प्रमाणित नगरी पक्राउ गर्नको लागि उजुरी÷सुराकी दिने र लिने जिम्मेवार हुनुपर्ने स्थानीयको भनाइ छ ।

बेहुलीका आफन्तले आफ्नी छोरीको २०५६ साल बैशाख ३ गते जन्म भएकाले २० वर्ष पूरा भइसकेकाले विवाह गरेको बताएका छन् । पक्राउ परेकी बेहुली २० वर्ष पुगे नपुगेको भनी जन्म दर्ताको खोजी नगरपालिकाले गरे पनि तथ्याङ्क अहिलेसम्म नभेटिएको वडाध्यक्ष दयानिधि बरालले बताए । पक्राउ परेका चारै जनालाई वडाध्यक्ष बरालको रोहबरमा छोडिएको छ ।