बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर ११ का ५७ वर्षीय अकलबहादुर लावती झट्केली छोरीलाई बलत्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।
बालिकाको संवेदनशील अङ्गमा छुने तथा जिस्क्याउने गरेको प्रहरीले जनाएको छ । पटकपटक यौन दुव्र्यवहार गरेपछि वैशाख १ गते परिवारका अन्य सदस्यलाई पीडित बालकिाले आफूमाथि भएको दुव्र्यवहारको बारेमा बताएकी थिइन् । केही समयसम्म परिवारले घटना सार्वजनिक नगरे पनि दुव्र्यवहार सहन नसकी माइली झट्केली छोरीले आत्महत्या गरेपछि उनको कर्तुत खुलेको हो ।
सोमबार दिउँसो बेलबारीको हटिया भरेर घर फर्किँदै गर्दा छोरीले झुण्डिएर आत्महत्या गरेको भनेर गाउँलेले लावतीलाई खबर गरेका थिए । बहिनीले आत्महत्या गर्नासाथ जेठी दिदीले दुव्र्यवहारको बारेमा खुलाई इलाका प्रहरी कार्यालयमा निवेदन दिएपछि उनी पक्रा परेका हुन् ।
लावतीका ३ जना झ्टकेली छोरी रहेको बताइएको छ । मृतकका बाबुको केही वर्ष पहिले मृत्यु भएपछि आमाले लावतीलाई आफ्नै घरमै ल्याएर राखेको बताइएको छ । लावतीलाई जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी कार्वाही गरिने इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए ।