आज पनि मजदुरहरू जीवनयापनका लागि श्रम नै गरिरहेका छन् तर पनि उनीहरूको अभाव टरेको छैन । राज्यसत्ता र मालिकहरूले मजदुरलाई हेर्ने दृष्टिकोणमा खासै फरक भएको देखिँदैन ।

मजदुरको नाममा राजनीति गर्नेहरूको अवस्था र मजदुरहरूलाई हेर्ने हो भने पनि फरक भेटिन्छ । समयअनुसार मजदुरका आवश्यकता फेरिएका छन् । राम्रो उपलब्धि चाहिँ के भएको छ भने मजदुरहरू स्वरोजगार हुन थालेका छन् । मजदुरबाट मालिक हुने क्रम बढ्न थालेको छ । यो अहिलेको उपलब्धि हो ।

तर सबै मजदुरको यो अवस्था छैन । श्रमजीवी मजदुरका पक्षमा उठ्ने आवाजहरू अलि मधुरो हुन थालेका छन् । पेचिला मागहरू कमजोर हुन थालेका छन् ।

अबका दिनमा मजदुरहरूले राज्य र मालिक आफ्नो कहिले पनि हुँदैन भन्ने बुझेर सङ्घर्ष गर्नुपर्छ । अनिमात्र मजदुर आन्दोलनले सार्थकता पाउँछ ।

(नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका पूर्व केन्द्रीय अध्यक्ष मोतीराज सुनुवारसँग गरिएको कुराकानीमा आधारित)