विराटनगरः मोरङ जिल्लामा रहेका ३ वटा मदिरा उद्योगले गत आव ०७४÷७५ मा १ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ राजस्व तिरेका छन् ।
मोरङको बुढीगंगा गाउँपालिकाको टंकिसिनुवारीमा रहेको नेपाल लिकर्स प्रालिले सबैभन्दा धेरै १ अर्ब २२ करोड ५५ लाख रुपैयाँ राजस्व बुझाएको छ ।
अन्य कम्पनीमा बुढीगंगाकै गोल्डेन लिकर्स प्रालिले २५ करोड ६५ लाख रुपैयाँ र रङ्गेलीको चण्डिका डिष्टिलरी प्रालिले २४ करोड १७ लाख रुपैयाँ राजस्व बुझाएको आन्तरिक राजस्व कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका अनुसार मदिरा उद्योगले मदिरा उत्पादन र निकासी गरेबापत राजस्व बुझाउनुपर्छ ।