विराटनगर /  गृहमन्त्री रामबहादुर थापाले सुन तस्कारीको संजाललाई तोड्ने बताएका छन् । आज विराटनगरमा प्रदेश एकको सुरक्षा गोष्ठिमा सहभागी हुन आएका थापाले सँचारकर्मीसँग कुरा गर्दै जुनसुकै हालतमा भए पनि तस्कारीमा संलग्नलाइ कानुनी दायरामा ल्याउने जानकारी दिए ।
मन्त्री थापाले सुनतस्कारीका बारे सरकारले छानविनि समिति बनाइ अनुसन्धान अघि बढाएकाले दोषि देखिएकालाई कुुनै हालतमा नछाडिने बताए

उनले देशभित्र रहेको कुुनै पनि किसिमको सिण्डिकेटको अन्त्य गर्ने बताएका छन् । त्यस्तै माफियागिरिको अन्त्यका लागि सरकार लागि परेको हुँदा अब अपराध कर्ममा संलग्नले राजनीतिक आवरणमा छुुटकारा नपाउने बताए ।
निर्माण क्षेत्रमा काम गर्ने ठेकेदारलाइ सरकारले निगरानीमा राखिरहेको भन्दै लापवार्हि गर्नेविरुद्ध सरकार खरु रुपमा उत्रने थापाले बताए ।

गृहमन्त्रालयले देशैभरको शान्ति सुरक्षाको बारे जानलिने उदेश्यले सबै प्रदेशमा सुरक्षा गोष्ठिको आयोजना गरेको बताएको छ । अन्य प्रदेशमा सम्पन्न भइसकेको गोष्ठि प्रदेश एकमा समापन हुँदैछ ।
बैठकले मुलुकभरको सुरक्षा अवस्था, केन्द्रीय तथा प्रदेश तहमा सुरक्षाको रणनीति तयार पार्ने तथा सुरक्षाक्षेत्रमा खललपार्ने तत्वको बारेमा छलफल हुुने गृहप्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए