विराटनगर: प्रदेश नम्बर एकको रिफरल सेन्टरको रुपमा रहेको विराटनगरको कोशी अञ्चल अस्पतालको क्षमता बिस्तार गर्न प्रदेश सरकार लागि परेको छ । अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको तयारी रहेको समाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले विभिन्न कारणले विवादमा आउने सेवा प्रवाह चुस्त नभएको गुनासो आएसँगै निजि स्वास्थ्य संस्थाले लाभ लिइरहेको अवस्थामा, अञ्चल असपताललाई विकास गर्ने योजना ल्याएको बताए । काठमाण्डौको वीर असप्तालसँग सहकार्य गरेर हाल त्यहाँ अध्ययनरत १० जना एमडीएमसका विद्यार्थीलाइ कोशी अस्पतालमा पढाउन ल्याइने छ । यो सँगै कोशी अञ्चल अस्पतालमा आउँदो वर्ष देखि एमविविएसका कक्षा संचालनका लागि प्रदेश सरकारले आन्तरिक गृहकार्य शुरु गरिसकेको र भौतिक पूर्वाधार बनाउने क्रम जारी रहेको मन्त्री घिमिरेले जानकारी दिएका छन् ।

vlcsnap-2018-08-23-18h52m46s544  
कोशी अञ्चल अस्पतालको मेडिकल सुपरिडेन्डेन डाक्टर रोशन पोख्रेलले प्रदेश एकको सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा चिकित्सक पढाउने वातावरण तयार भएको भन्दै अब अस्पतालले रुप परिवर्तन गर्ने बताए ।
यहाँ कार्यारत चिकित्सकले स्वास्थ्य सेवा मात्र नभएर स्वास्थ्य शिक्षा सेवा दिन पनि तयार रहेको हुँदा सोहिअनुसार भौतिक संरचना र फ्याकल्टी तयार गरिएको पोख्रेलले जानकार दिए ।
प्रदेश एक सरकारले उच्च शिक्षामा तेज विपन्न समुुदायका विद्यार्थीलाइ मेडिकल शिक्षा प्रदान गर्ने जमर्को गरेको छ । गाउँ– गाउँका त्यस्ता विद्यार्थी खोज्ने र चिकित्सक भए पछि सोहि स्थानिय तहमा थएर कम्तिमा पाँच वर्ष सम्म सेवा गर्नुुपर्ने व्यवस्था ल्याउन लागेको हो ।

vlcsnap-2018-08-23-18h41m20s779