विराटनगरः स्थायी राजधानीको माग गर्दै विराटनगरमा भएको आम हड्तालका कारण विराटनगरको जनजीवन कष्टकर बनेको छ ।

आन्दोलनकारीले मोटरसाइकललाई समेत चल्न दिएका छैनन् । सरकारी सवारी साधन पनि चल्न नदिएको बताइएको छ । विराटनगर प्रवेश गर्ने र विराटनगरबाट बाहिरिने यात्रुले कम्तीमा ५ किलोमिटर पैदलयात्रा गरेर गन्तव्यतिर लागिरहेका छन् ।

हडतालको नेतृत्व नेकपाबाट नेताहरू महेश रेग्मी र पारुल क्षेत्रीले गरिरहेका छन् ।  स्थायी राजधानीमा   नेकपाको प्रस्तावमा समर्थन गर्ने सांसद सबित्राकुमारी रेग्मीका श्रीमान् समेत रहेका रेग्मी आफै हडतालका सहसंयोजक रहेका छन् । नेकपा नेता पारुल क्षेत्री सदस्य हुन् ।

यस्तै, नेपाली काङ्ग्रेसबाट मोदराज घिमिरे र नागेश कोइराला सहसंयोजक रहेका छन् । राजपाका महम्मद कादिर र सङ्घीय समाजवादी फोरमका राजकुमार यादव पनि हडताल आयोजकको सदस्य रहेका छन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार सङ्घका अध्यक्ष पवन सारडा हडताल समितिका सदस्य रहेका छन् । तस्बिरमा हेरौं, टंकीसिनुवारीदेखि कञ्चनबारीसम्मको सडकमा देखिएको दृश्य । तस्बिरः प्रदेश पोर्टल

f copy f2 copy f3 copy f5 copy (1) f8 copy f5 copy f6 copy f7 copy