इटहरीः प्रदेश १ को तेस्रो ठूलो दल संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले सरकारमा जाने प्रस्ताव आए छलफल गर्ने बताए । नेकपा नेतृत्वको संघीय सरकारमा संघीय समाजवादी फोरम गएजस्तै प्रदेश १ मा पनि सरकारमा जान प्रस्ताव आए छलफल गरिने नेता यादवले बताए ।
‘प्रदेश १ को सरकार बिस्तारको कुरा छ । यसमा संघीय समाजवादी पनि सरकारमा जानुपर्ने बारेमा औपचारिक प्रस्ताव आएको छैन’, संविधानसभामा समेत सांसदको अनुभव बोकेका संसदीय दलका नेता यादवले प्रदेश पोर्टललाई भने, ‘प्रस्ताव आयो भने हामी पार्टीमा छलफल गर्छाैँ ।’
९३ जना सांसद भएको प्रदेश १ मा संघीय समाजवादी फोरमका ३ जना सांसद रहेका छन् । २ जना समानुपातिक सांसद छन् भने यादव पार्टीका प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन् ।