धनकुटाः बहिनी जिस्क्याएको निहुँमा धनकुटाको महालक्ष्मी नगरपालिकामा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् ।
महालक्ष्मी नगरपालिका वडा नं. २ का २५ वर्षीय घनेन्द्र लिम्बूले आफ्नै साथी २२ वर्षीय सन्तोष लिम्बूकोे धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । सन्तोष र घनेन्द्रले बैशाखे पूर्णिमाको अवसरमा साकेला थानी मन्दिरमा लाग्ने उँभौली मेलामा सँगै खानपिन गरी रातभर नाचगान गरेका थिए ।
तर आज बिहानीपख आप्mनी बहिनीलाई आँखा लगाएको भन्दै घनेन्द्रले सन्तोषमाथि छुरा प्रहार गरेका थिए । छुरी प्रहारबाट सान्तोषको बिहान करीब ५ बजे घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
छुरा प्रहार गर्ने लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।