इटहरीः पाँचथर हत्याकाण्डका दोषी नउम्कियोस भन्नका लागि नेपाल प्रहरीले पूर्वी नाकालाई कडाइ बनाएको बताएको छ । प्रदेश एकका डिआइजी केदार रिजालले एसपी शरदकुमार खत्रीको नेतृत्वमा विशेष टोली परिचाल गरिसकेको प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।
उनकाअनुसार ९ जनाको ज्यान लिने गरी भएको उक्त घटनालाई विशेष रूपमा लिँदै सुरक्षा अधिकारीहरूले गम्भीरताका साथ अनुसन्धान थालेकाे हाे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोली समेत हिँडिसकेको प्रहरीले जानकारी दिएको छ ।

चथरको मिक्लाजुङ –३ आरुबोटेमा सोमबार राती २ परिवारका ९ जनाको हत्या भएको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।