इटहरीः इहटरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सवइन्जीनीयर राम बहादुर खड्का माथि उनले कुटपिट गरे । भस्ट्रचार गरेको भन्दै मेयरले बिना प्रमाण कर्मचारीलाई कुटपिट गरेको भन्दै कर्मचारीले आन्दोलन समेत गरे ।
कर्मचारीको आन्दोलनबारे प्रतिक्रिया लिने क्रममा पत्रकार कृष्ण बहाव भट्टराई र विकल रेग्मीलाई मेयर चौधरीले दुर्व्यवहार गरेका हुन्। प्रश्न सोध्ने क्रममा चौधरीले कृष्ण बहावलाई लोपारेका थिए भने उनी सँगै रहेका प्राइम टिभीमा पत्रकार विकल रेग्मीलाई समेत उदारहण दिने बहानामा कठालो समातेका थिए । पत्रकारले मेयरलाई खरिद नियम्माव्वाली मिचेर बनाएको मेयरभवनमा चाहिँ पैसा दिने निर्णय कार्यपालिकाले नै गर्ने अनि कर्मचारीलाई मात्र दोष दिने भनेर प्रश्न गरेका थिए ।
आफू विरुद्ध प्रश्न गरे पछि मेयर चौधरीले कार्यपालिकाले त्यस्तो कुनै निर्णय नगरेको र गरेको भए राजनीति बाटै सन्यास लिने भन्दै कोसी पत्र तथा प्रदेश पोर्टलका पत्रकार कृष्ण बहाव भट्टराई लोपारेका हुन् । यता तत्कालीन प्रमुख प्रशासकीय अधिकृत छवि रिजालले भने सोही मेयर भवनको विषयमा भुक्तानीमा प्रेसर आएपछि इटहरी बाट सरुवा भएर गरिबी निवारण कोष गएका थिए ।
कार्यपालिकाले खरिद नियमावली विपरीत भुक्तानी दिने निर्णय गरेकाले हाल सम्म पनि मेयर भवनको रकम हाल सम्म पप्नी भुक्तानी हुन सकेको छैन । यता कर्मचारी कुटपिटको विषयमा प्रतिक्रिया लिन पुगेको दुवै पत्रकारमाथि मेयरले गरेको व्यवहारको विरोध गर्दै पत्रकार महासङ्घ सुनसरीले विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको छ ।
मेयर चौधरीले गरेको व्यवहार निन्दनीय रहेको भन्दै अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले विज्ञप्ति निकाल्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह समेत गरेको छ ।
सम्बन्धित समाचारः कानुनविपरीत निर्माण भएको भवनको रकम कार्यपालिकाबाट भुक्तानी गर्ने निर्णय
सम्बन्धित समाचारः इटहरीका मेयरले समाते पत्रकारकाे कठालाे, महासङ्घकाे आपत्ति