फिक्कल: इलामको सुर्योदय नगरपालिका–६ तारगाँउमा रुखले किचेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय भेषराज गजमेर रहेका छन । विद्यालय आउँदै गरेको अवस्थामा हर्कटे– तारगाँउ सडक निर्माणका क्रममा जेसिबीले ढालेको कटुसको रुख लागेर उनको मृत्यु भएको स्थानिय बुद्ध कार्कीले जानकारी दिए । उनीसंगै कृष्णाश्रम मावि कन्याममा अध्ययरत कृतिका रसाइली घाइते भएकी छन । घाइते रसाइलीको सुर्योदय फिक्कल पोलिक्लिनिकमा सामान्य उपचारपछि झापा तर्फ लग्ने तयारी गरिएको छ । मृतककको शव पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ ।