उदयपुरः नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धि गणका प्रमुख सेनानी केशवराज कार्कीले ४९ लाख रुपैयाँ भ्रष्टाचार गरेको जनरल समरी सैनिक अदालतले ठहर गरेको छ ।

कार्कीलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर ३ महिना कैद र अनियमितता भए बराबरको रकम फिर्ता गराउन शुक्रबार आदेश दिएको हो ।

आदेशलगत्तै उनलाई केन्द्रीय कारागार (जगन्नाथदेवल) चलान गरिएको स्रोतले बतायो ।