इटहरीः इटहरी उपमहानगरपालिकाले उपभोक्ता ठगिए तुरुन्त उजुरी दिने गरी इटहरी उपभोक्ता हित शाखाको स्थापना गरेको छ । अनियन्त्रित बजारबाट कोही उपभोक्ता ठगिएको महसुस गरे भने कार्यालय नै आउन नपर्ने गरी यो उजुरी शाखाको स्थापना गरिएको कार्यवाहक मेयर लक्ष्मी गौतमले जानकारी दिएकी छिन् ।

बजार नियमन र अनुगमनको जिम्मेवारी पाएको स्थानीय सरकारले उपभोक्ताको हितअनुकुलताका निर्णय गर्दै जाने गौतमको भनाइ छ । उनकाअनुसार सामाजिक सञ्जालमार्फत गुनासो सम्बोधन गर्नका लागि फेसबुक आइडी बनाइएको छ । ‘इटहरी उपभोक्ता हित शाखा’ नामक फेसबुक आइडीको म्यासेज बक्समा कहाँ कसरी ठगीमा परिएँ भन्ने बारे जानकारी दिन सकिन्छ । उक्त जानकारीलाई कार्यालयमा रहेका कर्मचारीले प्राथमिकताका आधारमा बजार अनुगमन गर्ने गर्छन् ।

कानुनअनुसार सञ्चालन भए नभएको बारे प्राविधिक एवम कर्मचारीले अनुुमगन गर्दै दोषी देखिए कारबाहीको प्रक्रियालाई समेत अघि बढाउने गरी नगरपालिका लागि परेको बताइएको छ ।

‘कुनै पनि उपभोक्ता नठगाउन र यदि ठगिहाले तुरुन्त कानुनी उपचारका लागि सहज व्यवस्था भएको महसुस गरुन् भन्नका लागि अनलाइन उजुरी गर्न व्यवस्था मिलाइएको हो ।’ कार्यवाहक मेयर गौतमले भनिन् ।

त्यस्तै जीमेल र ट्वीटर प्रयाेगकर्ताले पनि गुनासाे पठाउन सक्नेछन्र । जीमेल प्रयाेग कर्ताले [email protected] मा र ट्वीटर प्रयाेग कर्ताले Twitter: @hello_itahari मा गुनासाे पठाउन सक्ने व्यवस्था मिलाइएकाे छ ।