धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छाताचोकस्थित पुरानो अस्पताल परिसरमा शनिबार १ जनामाथि धारिलो हतियार प्रहार भएको छ ।

राती धरान–१४ का वर्ष २१ का राजन थापा मगरमाथि सोही स्थानमा धारिलो हतियार प्रयोग गरी साङ्घातिक हमला भएको छ । उनको टाउकोको बायाँतर्फ खुकुरी प्रहार गरिएको धरान १४ का वडा सदस्य शोभा पुलामीले बताइन् ।

घाइतेको गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । आक्रमण कसले ग¥यो भन्ने खुल्न नसकेको बताइएको छ ।