विराटनगरः विराटनगरकाे ढाट नजिक राखिएकाे बम नेपाली सेनाले डिस्पाेज गरेकाे छ । विहान मर्निङवाकमा गएका बेला स्थानीयले बम जस्ताे बस्तु देखेपछि प्रहरीलाइ खबर गरेका थिए । प्रहरीले हेर्दा कुकर बम भन्ने पत्ता लगाए पछि सेनाकाे टाेली बाेलाइ बमलाइ निस्क्रिय बनाइएकाे माेरङ प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बम तर्साउन मात्र राखिएकाे देखिएकाे छ । बमलाइ अावश्यक पर्ने रसायन हालिए पनि कम क्षती हाेस भनेर अन्य फलामका टुक्रा वा सीसा राखिएकाे थिएन ।

प्रायः यस्ताे कुकर बम भित्र फलामका काँटी, सीसाका टुक्रा राखेकाे भेटीन्छ । तर, बमले मानविय क्षती कम भन्दा कम पुर्याअाेस भन्नेमनसाय रहेकाे बुझिएकाे श्रेष्ठले बताए ।

नेपाली सेनाले उक्त बम डिस्पाेज गर्न निकै समस्या भएकाे बतायाे । बम राखेकाे स्थान नजिक अारती स्ट्रिप र पेट्रेाल पम्प रहेकाे हुँदा विशेष सावधानीका साथ बम डिस्पाेज गरेकाे थियाे ।

साे बेला करिव २ घण्टा इटहरी विराटनगर सडकखण्ड ठप्प पारिएकाे थियाे । अावतजावत गर्ने यात्रुलाइ वाइपास हुँदै सहायक सडक प्रयाेग गर्न अाग्रह गरिएकाे थियाे ।