इनरुवाः सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नं. ८ स्थित विसहरियाका अग्निपीडितलाई सुनसरीको नेपाल सरदार बाँतर समाज उत्थान केन्द्रले गाउँमै पुगेर राहत वितरण गरेको छ ।

सो गाउँका ६ घरमा आगलागी भएको थियो । आप्रवासी बाँतर सरदारले विदेशबाट पठाएको ५५ हजार रुपैयाँ मूल्यबराबरको विभिन्न राहत सामग्री वितरण गरिएको बताइएको छ ।

प्रतिपरिवार ३ हजार रुपैयाँ नगद, ५० किलोग्राम चामल, त्रिपाल, कम्बल, म्याट, २ लिटर खाने तेल, २ केजी नुन, ७ थान सारी र गन्जी वितरण गरिएको नेपाल सरदार बाँतर समाज उत्थान केन्द्रका अध्यक्ष चन्द्रदेव सरदारले बताए ।

कार्यक्रममा केन्द्रका अध्यक्ष चन्द्रदेव सरदार र सुनसरी अध्यक्ष फागु सरदारसहित नेपाल सरदार बाँतर समाज उत्थान केन्द्रका प्रतिनिधिको उपस्थिति थियो ।