उर्लाबारीः मोरङको उर्लाबारी –३ का अपाङ्गता भएका व्यक्तिहरूलाई बाख्रा तथा सँुगुरका पाठा वितरण गरिएको छ ।
बुधबार उर्लाबारी नगरपालिका वडा नं. ३ को कार्यालयले विनियोजन गरेको १ लाख बजेटबाट अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक उन्नतिका लागि बाख्रा तथा सुँगुरका पाठा वितरण गरिएको हो ।
वडाध्यक्ष गञ्जबहादुर कार्कीको प्रमुख आतिथ्यतामा उर्लाबारी –३ स्थित थापाचोकमा एक कार्यक्रमका बीच १५ वटा बाख्रा तथा १० वटा सुँगुरका पाठा वितरण गरिएको थियो । उर्लाबारी –३ मा अपाङ्गता भएका व्यक्तिहरू ७० जना छन् भने उर्लाबारीमा १ हजार ५ सय ५० जना रहेकाले स्थानीय तहको सहकार्यमा सहयोग गर्दै आएको अपाङ्गता भएका व्यक्तिहरूको समूहका उर्लाबारी अध्यक्ष व्यासकुमार लिम्बूले जानकारी दिए ।
उर्लाबारी –३ का वडाध्यक्ष डम्बरकुमार लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।