इटहरीः तलमाथि गर्दै बढिरहेको सेयर बजारमा दिउँसो २ बजेसम्ममा १० करोडको कारोबार भएको छ । दिनभरमा बजार बढ्दा ११७६ अङ्कको नेप्से सूचक पार भएको थियो भने घटेको समयमा ११७३ बाट थोरै तल झरेको थियो । यसरी ३ अङ्क आसपासमै घटबढ भएर कारोबार भइरहेकाले बजारको यो गतिलाई स्थिर मान्न सकिन्छ ।
भदौ लागेदेखि बजार निरन्तर झरिरहेकाले अब बजार बढ्ने धेरै लगानीकर्ताको अनुमान छ । दिउँसो २ बजेसम्ममा जम्मा १० करोड ९ लाख रुपैयाँभन्दा केही बढी रकमको सेयर कारोबार हुँदा नेप्से ११७४.५८ को आसपास छ । जम्मा १ सय ३८ वटा कम्पनीको ३ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ ।
गोर्खाज् फाइनान्स र तारागाउँ होटलको क्रमशः ३.७० र २.७२ प्रतिशतले सेयरमूल्य बढे पनि दुवै कम्पनीको ७० कित्तामात्रै सेयर कारोबार भएको छ । ङादी पावरको झण्डै ६ प्रतिशतले सेयर मूल्यमा गिरावट आउँदा राधी हाइड्रोपावर र अरुण काबेली हाइड्रोपावरको सेयरमूल्यमा ३ प्रतिशतको हाराहारीमा गिरावट आएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको १ करोडभन्दा धेरैको सेयर बिक्री भएको छ भने नेप्सेमा सूचीकृत ५ वटा समूहमा हरियाली छाएको छ ।