इटहरीः सङ्घीय सरकारले बुधवार ल्याएको बजेटले समृद्ध नेपाल सुखी नेपालीको नारा अनुसारको स्पिरिट बोकेको उवासंघ नेता तथा प्रदेश १ का सांसद लिलम बस्नेतले बताएका छन् । इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का उपाध्यक्ष समेत रहेका बस्नेतले बजेटले सबै पक्षलाय समेटेको बताए । उनले भने, ‘बजेटले तल्लो तहको जनतालाई समेटेको छ ।’
अर्थशास्त्र पढेका तथा तल्लो तहका जनताको मर्म बुझेका सङ्घीय अर्थमन्त्री युवाराज खतिवडाले ल्याएको बजेट आफूमात्रै हैन विज्ञले पनि पनि समर्थन गरेको बस्नेतले बताए । पूर्व अर्थसचिले समेत पढेलेखेको मान्छेले ल्याउको सुन्दर बजेट भनेको बताउँदै बस्नेतले यो बजेटले नेपालको राष्ट्रिय सपनाको बाटो कोरेको बताए ।
इटहरीलाई समेत बजेटले न्याय गरेको बस्नेतले बताए । उनले भने, ‘इटहरी सम्म जोगबनीको रेल ल्याउने र विराटनगरसँगै इटहरीलाई मेगा सिटी बनाउने बजेटको कार्यक्रम तारिफयोग्य छ ।’