उर्लाबारीः इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले नगद १ हजार ३ सय रुपैयाँसहित उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम जनताको शान्ति सुरक्षामा अहोरात्र खटेवापत प्रहरी निरीक्षक तिमल्सिनालाई पुरस्कृत गरिएको जनाइएको छ ।

प्रहरी निरीक्षक तिमल्सिनाले इमान्दार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित भई उच्चस्तरको प्रशंसनीय कार्य सम्पादन गरी आफूलाई अब्बल साबित गराएका थिए । उनले जिल्ला प्रहरी कार्यालय मोरङले ल्याएका हरेक कार्यक्रमलाई आफ्नो मातहतमा प्रभावकारी रूपमा कार्यान्वयन गरेका थिए । प्रदेश नं. १ का ११ जना उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत हुँदा उनी एक नम्बरमा परे । उनीबाहेक अन्यले १ हजार रुपैयाँ प्राप्त गरे ।