इटहरीः गत प्रतिनिधि सभाको निर्वाचनमा भोजपुरमा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईमाथि बम प्रहार गरेको आरोप लागेका विप्लव जनसरकार उपप्रमुख पदम राई नेकपामा प्रवेश गरेका छन् । विकास उपनामले चिनिएका राईलाई आज काठमाण्डौमा नेकपा शीर्षतहका नेताहरुले पार्टी प्रवेश गराएका हुन् । उनको पार्टी प्रवेश कार्यक्रममा गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलको समेत उपस्थिति रहेको थियो ।

विप्लवलाई वार्तामा आउन र वार्तामार्फत समस्याको हल खोज्न आफुहरुले दबाब दिइरहेको सार्वजनिक अभिव्यक्ति दिएका राईलाई पार्टी नेतृत्वले कारवाही गरेको थियो । उनि नेकपा नेतासँग निरन्तर संवाद रहेर उपयुक्त अवसर दिए पार्टी प्रवेश गर्ने इच्छा देखाएको शीर्ष नेताहरुले बताएका छन् ।

addd

गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस सल्लाहकार सुुर्य सुवेदीले उनलाई प्रवेश गराउन महत्वपुर्ण भुमिका खेलेका थिए । पार्टी प्रवेश स्थल नेकपा कार्यालय धुम्वराहीमा राईले आफु सुरक्षाका लागि पार्टी प्रवेश नगेको दाबी गरेका छन् । उनलाई शेरधन राईमाथि बम प्रहार गरेको अभियोगमा मुद्धासमेत चलाइएको थियो । उनि मोरङ जिल्ला अदालतबाट ६० हजार धलौटी बुुझाएर छुुटेका थिए ।

आवास तथा भौतिक योजना राज्यमन्त्री समेत बनिसकेका राई २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट निर्वाचित समेत भएका थिए ।