इटहरीः एकाविहानै इटहरीमा अचम्मकाे दृष्य देखियाे । हातमा रूखका हाँगा बाेकेका एक हुल युवा सडकमा निस्किए । इटहरीकाे मुख्यचाैक हुँदै धरान लाइनतर्फ अघि बढेका उनिहरूले जहाँ जहाँ काटीएका रूखका ठुटाहरू भेटे, त्यहिँ हलचल नभइ उभिए ।

केहि दिन अघि सडक बिस्तारकाे क्रममा इटहरीका हरियाली नै निमिट्यान्न हुने गरि सडक किनाराका रूख हटाइएकाे थियाे । इटहरी उपमहानगरपालिकाले राेपे पनि त्यसकाे संरक्षण गर्न नसकेकाे र चासाे निदिएकाे भन्दै अालाेचला पनि भयाे । रूखलाइ काट्नु भन्दा अनेत्र सार्ने विकल्प हुँदा हुँदै हेलचेक्राइ गरिएकाेप्रति तिखाे व्यंग प्रस्तुत गर्ने यि कलाकार थिए इटहरी कलालयका विद्यार्थी ।

नाट्य क्षेत्रकाे माध्यमबाट नियामक निकायलाइ चाेटिलाे प्रहार गर्न उनिहरूले अाज उपयुक्त दिन राेजे । विश्व वातावरण दिवसकाे अवसरमा रूख र पर्यावरणकाे जगेर्ना गर्न मानविय विवेक गुमाउन नहुने भन्दै पर्फमिङ अार्टलाइ प्रयाेग गरिएकाे नाट्यकर्मी एवंम कलालय इटहरीका अध्यक्ष साेनु जयन्तीले जानकारी दिए ।

कलालयका करिव एक दर्जन विद्यार्थीले अाधा घण्टा इटहरीमा उक्त प्रदर्शन गरेका थिए ।kalalay-itahari-pradeshportal (9) kalalay-itahari-pradeshportal (8) kalalay-itahari-pradeshportal (1) kalalay-itahari-pradeshportal (2) kalalay-itahari-pradeshportal (6) 5 kalalay-itahari-pradeshportal (7) 5 kalalay-itahari-pradeshportal (4) 10 kalalay-itahari-pradeshportal (3) 10

IMG_9416