इटहरीः लिम्बुवान सम्बद्ध पार्टीले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । संघीय लिम्बुुवान मञ्चले यसअघि प्रदेश नम्बर १ को संसद भवन छेउमा धर्ना दिई प्रदेशको नाम किरात र लिम्बुुवान खम्बुवान राख्नुुपर्ने माग गरेको थियो ।
इटहरीदेखि विराटनगरसम्म मार्चपास गरेको मञ्चले प्रदेश १ का विभिन्न स्थानमा गरिने कार्यक्रम विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ । जसमा २ बृहत खबरदारी सभा र अन्य ७ कार्यक्रमको घोषणा गरेको छ ।
कोशी वा सगरमाथा नाम राखे प्रदेशभित्र द्वन्द्व चर्किने चेतावनीसमेत दिइएको छ । बरु प्रदेश १ नै उपयुक्त हुने पनि विज्ञप्तिमा उल्लेख छ । पार्टीले भदौ २१ गते प्रदेशभित्रका विभिन्न जिल्लामा खबरदारी सभा गर्ने विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, लिम्बुवान र किरात खम्बुुवान नामकरण गरियोस् भन्ने ज्ञापनपत्र भदौ २६ गते प्रदेश १ का सभामुख र मुुख्य मन्त्रीलाई बुुझाउने कार्यक्रम रहेको उल्लेख छ ।
असोज २९ गते सम्मका कार्यक्रममा जिल्लाका विभिन्न स्थनमा कोणसभा, खबरदारी सभा र बृहत आमसभा गर्ने सम्मका कार्यक्रम रहेको मञ्चसम्बद्ध नेता केदार उप्रेतीले जानकारी दिए ।