इटहरीः इटहरी निवासी नवराज मैनालीमाथि आक्रमण भएको छ । वडा नम्बर ४ मा रहेको शान्ति चौकको एक खाजा घरमा सिसाको बोटलले टाउकामा प्रहार भएको पीडितले प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।
उनि माथि प्रहार गर्ने महिला लता कार्की हुन् । उनिहरुको सम्बन्ध पति पत्नीको भएपनि हाल कानुनी रुपमा अलग भएका छन् । उनिहरुको एक छोरा छन्, जुन मैनालीसँग बस्छन् ।
उनको सामुदायिक अस्पतालमा टाउकोमा ४ टाँका लगाइएको छ । कुटपीट लगत्तै उनले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएका छन् । आफुलाइ ज्यान मार्ने गरि आक्रमण भएको भन्दै सुरक्षा तथा न्याय पाउन प्रहरीमा उजुरी दिएको मैनालीले बताए ।
प्रहरीले भने उजुरी आएको हुँदा आवश्यक कानुनी प्रक्रियमा गइ दोषिलाई कारवाही गर्ने बताएको छ ।