इटहरीः देशका सातवटै प्रदेशमा आगामी आर्थिक वर्षको लागि आज बजेट सार्वजनिक हुँदैछ । आगामी आर्थिक वर्षका लागि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूबाट दिउँसो सम्बन्धित प्रदेशसभामा बजेट प्रस्तुत हुने भएको हो ।

arena tv add

प्रदेश १ सरकारले चालु आर्थिक वर्षको भन्दा २० प्रतिशत ठूलो आकारको बजेट ल्याउने तयारी गरेको जनाएको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । प्रदेश १ ले आगामी आर्थिक वर्षमा पनि चालु आर्थिक वर्षमा झैँ कृषि र पर्यटनलाई प्राथमिकता दिएर अधिकांश पुराना कार्यक्रमलाई दोहो¥याउने भएको छ ।